कञ्‍चनपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

कञ्‍चनपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

कञ्‍चनपुर, २९ फागुन । कञ्‍चनपुरको पुनर्वास नगरपालिकामा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका– २ को मोतिबस्तीमा शुक्रबार साँझ करिब साढे ७ बजेतिर बालिकामाथि पहिचान नखुलेका ३ जना युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिका कलम किन्‍न घरबाट करिब ४ सय मिटरको दूरीमा रहेको पसलमा गइरहेका बेला उनीमाथि बलात्कार भएको बताए ।

बलात्कार गरेको आरोप लागेका ३ जना युवाहरुको पहिचान खुलेको छैन । उनीहरु घटना लगत्तै फरार भएको प्रहरी नायब उपरीक्षक थापाले बताए । धनगढीमा स्वास्थ्य परीक्षणपछि बालिकालाई आफन्तको जिम्मा लगाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);