नेकपा एमाले विधिवत रुपमा २०७५ जेठ २ गतेकै अबस्थामा फर्किए : उपप्रधानमन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २८ २०८१, बुधवार

नेकपा एमाले विधिवत रुपमा २०७५ जेठ २ गतेकै अबस्थामा फर्किए : उपप्रधानमन्त्री पोखरेल

काठमाडाैं, २७ फागुन । उपप्रधानमन्त्री इश्वर पोखरेलले नेकपा एमाले विधिवत रुपमा २०७५ जेठ २ गतेकै अबस्थामा फर्किएको बताउनु भएको छ ।

प्रेस संगठन पर्साले बिहिबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले सर्वाेच्च अदालतको फैसला अनुसार नेकपा एमाले विधिवत रुपमा २०७५ जेठ २ गतेकै अबस्थामा फर्किएको बताउनु भएको हो ।

पुर्नजिवित एमाले अब संसदिय प्रक्रिया बमोजिम परिवर्तीत ढंगले अगाडी बढ्ने उहाँको भनाई छ । नेकपा एमालेका महासचिब समेत रहनुभएका पोखरेलले ढिलै भएपनि अन्तत ताजा जनादेशमा जानै पर्ने दावी गर्नुभएको छ ।

सामाजिक अराजकतालाई अन्त्य गरी आर्थिक विकासलाई प्राथमिकतामा राखेर सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको सपनालाई साकार पार्न तर्फ सरकार अग्रसर रहेको पोखरेलले जिकिर गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);