बुटवल, २१ फागुन । बुटवलको योगिकुटीमा नेपाली सेनाले सुपथ मूल्य क्याण्टिन सञ्चालन गरेको छ । सैनिक कल्याणकारी कोषले शुक्रबारदेखि संचालनमा ल्याएको क्याण्टिनमा खाद्य पदार्थ, तेलहन, तयारी खाद्य परिकार, पेय पदार्थ लगायत बिक्रिकालागि राखिएको छ ।
खाद्य, पेय पदार्थ, लत्ता कपडा र घरेलु उत्पादनहरू अन्य बजारमा भन्दा सस्तोमा पाइने मध्य पश्चिम पृतना कार्यालयले जनाएको छ । नाफा भन्दा सेवाको भावले सुपर मार्केट सञ्चालनमा ल्याएको कार्यालयले बताएको छ ।
बहालवाला, भूपु तथा सेनाका आश्रित परिवार र आम नागरिकलाई लक्षित गरि क्याण्टिन सञ्चालनमा ल्याइएको हो । योगुकुटीमा रहेको सेनाको करिब दुई कठ्ठा जमिनमा सुपथ मूल्य क्याण्टिन सञ्चालन भएको हो ।