काठमाडौं, २१ फागुन । कमल पोखरी पुनर्निर्माणमा आएको विवादका कारण परम्परागत सम्पदाहरूको पुनर्निर्माण के कसरी गर्नुपर्छ भन्ने विषय फेरि एकपटक बहस सुरु भएको छ ।
सम्पदाप्रेमीहरूले पुरानै शैलीमा कमलपोखरी बनाउनुपर्ने माग गर्दै आए पनि काठमाडौँ महानगरपालिकाले कंक्रिटको संरचना बनाएको भन्दै अहिले विवाद देखिएको हो ।