शसस्त्र प्रहरी निरिक्षक सिखको को कमाडमा बंगुर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

शसस्त्र प्रहरी निरिक्षक सिखको को कमाडमा बंगुर पक्राउ

शम्भु शैनी
कपिलवस्तु, २१ फागुन ।
कपिलवस्तुको सशस्त्र प्रहरी बि ओ पी मर्यादपुर डगंरीका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाडमा खटिएको ६ जनाको टोलिले ३ वटा बंगुर शुक्रवार बिहान ५ बजे पक्राउ गरेको छ । प्रहरी निरिक्षक सिखले नेपाल भारत सिमा नाकामा कडाई गर्नु भएको छ ।

सिखले भन्सारमा कडाई गरेसगं भारतबाट अवैधरुपमा भन्सार छली नेपाल भित्रीने अबैध समान धमाधम पक्राउ भैरहेको छ । खुला सिमा नाकाको फईदा उठाउदैं व्यापारीहरुले विभिन्न चोरबाटो हुँदै ठूलो मात्रामा गैर कानुन समान भित्र्याउँदा सिमा नाकामा गस्ती गर्ने प्रहरीलाई निकै चुनौति थापीए पछी सिखले रातीमा गहुको खेतमा गएर लुक्ने नयाँ कार्यशैली अपनाएका हुन ।

सशस्त्र प्रहरीको बि ओ पी डगंरीका ईन्चार्जको नेतृत्वमा ३ वटा मृत अवस्था भारतबाट नेपाल ल्याउदै गरेको भारतिय नम्बरको गउ छछ ब् छछद्धड हिरो होण्डा मोटर साइृकलमा बंगरु समातिएको यो अहिले सम्मको पहिलो सफलता हो । १ सय ८० किलो भन्दा बढी बरामद गरिएको बंगरु जिलला बन कार्यालयका तौलिहवामा चलान गरिएको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखले जनाकारी दिनुभयो ।

सिमा नाकाबाट चोरी गरि खाद्य पदार्थ नेपाल भित्रिँदा सुरक्षाकर्मीहरुलाई चुनौती थपिएको भएपनि कुनै पनि हालतमा चोरी नाकाबाट बिना भन्सारको सामाग्री नेपालमा भित्र्याउन नदिने सिखले बताउनु भयो । विशेषगरी कपिलवस्तुको मर्यादपुर, चाकरचौडा, हरदौना, रगंपुर क्षेत्रमा सशस्त्र प्रहरीले बाक्लो गस्ती बढाएको छ ।

प्रहरीले सीमा क्षेत्रमा चेकजाँचलाई प्रभावकारी बनाए पनि खुला बोर्डर भएकोले विभिन्न बाटो हुदै बिना भन्सारको बिभिन्न किसिमको समान भित्रि रहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);