धादिङ एमालेमा मच्चियो रडाको, केन्द्रीय उपाध्यक्षमा भिडेका सांसद् पाण्डेको नाम सिफारिसमै परेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धादिङ एमालेमा मच्चियो रडाको, केन्द्रीय उपाध्यक्षमा भिडेका सांसद् पाण्डेको नाम सिफारिसमै परेन

UML

काठमाडौं, २२ असोज । ३२ वर्षदेखि लगातार जिल्लाको राजनीतिमा पकड जमाइरहेका वहालवाला सांसद् समेत रहेका राजेन्द्रप्रसाद पाण्डेको नाम कुनै पनि पदमा सिफारिस नभएपछि एमाले जिल्ला कमिटीमा रडाको मच्चिएको छ।

एमाले अध्यक्ष केपी ओलीको समूहले सांसद् पाण्डेलगायत नेता माधव नेपाल पक्षधरका कसैलाई पनि क्षेत्रीय कमिटीबाट प्रतिनिधिसभा र प्रदेशसभा कुनै पनि पदम सिफारिस नगरेपछि विवाद केन्द्रसम्म पुगेको हो।

एमाले धादिङ जिल्ला कमिटीबाट पनि केन्द्रमा जिल्ला अध्यक्ष भूमि त्रिपाठी र प्रदेशमा नेत्र पौडेलको नाम सर्वसम्मतिले पठाएको दाबी गरिए पनि पाण्डे पक्षले कसैलाई नसोधी एकलौटी रुपमा सिफारिस गरिएको आरोप लगाएको छ।

पाण्डेले जिल्लाको सिफारिस एकलौटी रुपमा भएको भन्दै केन्द्रीय समितीमा लिखित निवेदन दिएर प्रतिनिधिसभा सदस्यको पदमा दाबी गरेको एमाले स्रोतले बतायो। आन्तरिक विवाद सुल्झाउन ८ सदस्यीय कार्यदल बनेको बताएका छन्। पाण्डे पार्टीको गत महाधिवेशनमा माधव नेपालको प्यानलबाट उपाध्यक्षका उम्मेदवार थिए।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);