आगलागी पीडित परिवारलाई खाद्य सामाग्री वितरण | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

आगलागी पीडित परिवारलाई खाद्य सामाग्री वितरण

शम्भु शैनी
कपिलवस्तु, १९ फागुन ।
जिल्लाको यशोधरा गाँउपालिका–८ बाँसखोरमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको परिवारलाई खाद्य सामाग्री राहत स्वरुप यशोधरा गाँउपालिकाले वितरण गरेको छ ।

सोमवार बेलुका साढे सात बजे तिर स्थानीयले खाना पकाउने समयमा अचानक उठेको आगोबाट गाउमा आगो लागेको थियो । साँझा शुरु भएको आगो तिब्र रुपमा ५ मिनेटमै ५ घर जलेर नष्ट भएको थियो ।

आगलागीबाट लत्ताकपडा, खाद्यान्न, काठपात जलेर नष्ट भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादपुर डगरीका ईन्चार्ज शंकर सिखले जनाएको छन् ।

स्थानीय प्रहरी, सशस्त्र, दमकल र स्थानीयबासीहरु मिलेर गाउको आगो आधा घन्टा पछि नियन्त्रणमा लिएका थिए । आगोबाट ५ घरका करिब ३३ परिवार बिचल्ली भएका छन् । ६ जना परिवारलाई गाँउको समाज सेवी शम्भु शैनीले खानाको व्यवस्था गरेका छन् ।

५ जना परिवारलाई यशोधरा गाँउपालिकाका अध्यक्ष गरिजेश पाण्डेंय ततकाल राती नै पुगी जाडोबाट जोगिनकालागी १० बलाङ्गकेट र ४० थान पि फाम वितरण गरेका छन् ।

मंगलवार यशोधरा गाँउपालिकाका अध्यक्ष गरिजेश पाण्डेंयले प्रत्येक परिवारलाई चामल, पिठो, दाल, तेल, चिनी, तरकारी र मसला बितरण गरेका छन् । आगलागीबाट करिब ३६ लाख बढीको धन संपत्ती क्षती भएको प्रहरी चौकी मर्यादपुरका ईन्चार्ज लिला बहादुर कुँवरले बताएका छन् ।

Leave a Reply