ट्रम्प दम्पतीले कोरोना भाइरसविरुद्धको खोप जनवरी मै लगाइसकेको खुलासा | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

ट्रम्प दम्पतीले कोरोना भाइरसविरुद्धको खोप जनवरी मै लगाइसकेको खुलासा

एजेन्सी, १८ फागुन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोना भाइरसविरुद्धको खोप जनवरी मै लगाइसकेको खुलासा भएको छ । पूर्व राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पले गएको जनवरी मै कोरोनाविरुद्धको खोप लगाइसकेको उनका सल्लाहकारले सोमबार जानकारी गराएका छन्।

यद्यपी ट्रम्प दम्पतीले मोडेर्ना र फाईजरमध्ये कुन खोप लगाएको भन्ने नखुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । तत्कालीन राष्ट्रपति ट्रम्पले कोरोनाको महामारी सुरु भएको समयमा मास्क लगाउन आवश्यक नभएको बताउँदै आएका थिए भने खोपको विकासपछि पनि खोपको विश्वसनियता माथि आशंका गर्दै आएका थिए ।

खोपप्रति आशंका गर्दै आएका ट्रम्पले नै गोप्य रुपमा खोप लगाईसकेको तथ्य बाहिर आउँदा धेरैलाई अचम्मित बनाएको छ । गएको सेप्टेम्बर महिनाको अन्तिम तिर ट्रम्प दम्पती कोरोना संक्रमित भएको थिए भने ट्रम्प ३ दिनका लागि अस्पताल नै भर्ना हुनु परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);