काठमाडौं, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टको असफलताका कारण नेपालमा विदेशी प्रभाव र चलखेल बढेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा पार्टीको भातृ संगठन युवा संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेस र कम्युनिष्ट शासनको असफलताका कारण नेपालमा विदेशी चलखेल बढेको टिप्पणी गरेका हुन् । उनले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनको निमित्त राष्ट्रवादी आन्दोलनको आवश्यकता रहेको पनि बताएका छन् ।
राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाई गलत भएको पुष्टि भएको भन्दै थापाले राजसंस्था र हिन्दूत्व समृद्धिको बाधक नभएको स्पष्ट पारे।
राजसंस्थाको अन्त्य गरेपछि प्रजातन्त्रको निमित्त कहिल्यै लढ्नुपर्दैन भन्नेहरुनै आज प्रजातन्त्र संकटमा प¥यो, प्रजातन्त्रको हत्या भयो भन्दै सडकमा आएको प्रति थापाको कडा कटाक्ष थियो।
कार्यक्रममा बोल्दै अर्का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकको संकट समाधानका निमित्त राजसंस्था र हिन्दुराष्ट्र अपरिहार्य भएको बताए।