खाशोग्गी हत्यासम्बन्धी अ‍मेरिकी रिपोर्ट नकरात्मक र फर्जी : साउदी अरब | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

खाशोग्गी हत्यासम्बन्धी अ‍मेरिकी रिपोर्ट नकरात्मक र फर्जी : साउदी अरब

एजेन्सी, १५ फागुन । साउदी अरब सरकारले पत्रकार जमाल खाशोग्गी हत्यासम्बन्धी अमेरिकी गुप्तचर निकायको रिपोर्टलाई अस्वीकार गरेको छ।

साउदी अरबका युवराज सलमान बिन मोहम्मदले पत्रकार जमाल खाशोग्गीलाई मार्न मञ्जुरी दिएको उल्लेख गरिएको अमेरिकी गुप्तचर निकायको रिपोर्ट साउदी अरबले अस्वीकार गरेको हो । साउदी विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सो रिपोर्ट अस्विकार गरेको छ ।

अमेरिकी गुप्तचर निकायले निर्वासनमा रहेका साउदी पत्रकार खाशोग्गीको हत्याको मञ्जुरी साउदी युवराज मोहम्मदले नै दिएको भन्दै शुक्रबार रिपोर्ट सार्वजनिक गरेको थियो । युवराज मोहम्मदले पत्रकार खाशोग्गीलाई पक्राउ वा हत्या गर्न इस्तानबूलमा एक अप्रेशनको मन्जुरी दिएको अमेरिकी रिपोर्टमा उल्लेख छ । युवराज मोहम्मदले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

साउदी अरबको विदेश मन्त्रालयले अमेरिकी गुप्तचर निकायले तयार पारेको रिपोर्टलाई नकारात्मक र फर्जी भएको आरोप लगाएको छ । साउदी युवराज मोहम्मदलाई अपमान गर्ने गरी रिपोर्ट सार्वजनिक भएको साउदी अरबको प्रतिक्रिया छ ।

साउदी सरकारको कडा आलोचक मानिएका पत्रकार खाशोग्गीको २०१८ को अक्टुबरमा टर्कीको साउदी वाणिज्य दूतावासभित्र हत्या गरिएको थियो । उनको शव नभेटिने गरी क्षतविक्षत बनाइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);