बजारको प्रतिस्पर्धा गर्न नसक्दाँ संकटमा मसला उद्योग | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

बजारको प्रतिस्पर्धा गर्न नसक्दाँ संकटमा मसला उद्योग

डडेल्धुरा, १० फागुन । विदेशी वस्तुको आयातका कारण स्थानीय कृषिजन्य वस्तुमा आधारित स्वदेशी घरेलु उद्योग डडेल्धुरामा सञ्चालीत साना तथा मझौला मसला उद्योग संकटमा पर्दै गएको व्यसायीहरुले बताएका छन । सरकारको अव्यवहारिक नीतिका कारण तरकारी तथा नुडल्सको लागि उत्पादन हुने मसला उद्योग संकटमा परेको व्यवसायीहरुले बताएका हुन ।

डडेल्धुरामा सञ्चालीत मसला उद्योगहरु बजारको व्यबस्थापन गर्न नसक्दा धरासयी बन्दै गएका छन । स्थानीय तहको निर्वाचन पहिले विभिन्न संघ संस्थाहरुले अनुदान दिएर संचालीत भएका उद्योगहरु बजार अभाव तथा स्थानीय मसला प्रयोग गर्नु पर्छ भने यहाँका नागरिकमा जनचेतना नहुदाँ बन्द हुने अवस्थामा पुगेका हुन ।

बार्षिक १८ देखि २० लाख आम्दानी भईरहेको मसला उद्योगमा लकडान पछि भारत बाट ल्याउने मसलाका लागी चाहिने कच्चा पर्दाथ ल्याउन नपाए पछि स्थानीय कच्चा पदार्थको मुल्य बढी तथा बाहिरबाट आउने कम्पनीसंग प्रतिस्र्पधा गर्न नसक्नाले समस्या भइरहेको बसन्त मसला उद्योग डडेल्धुरा प्रो.बसन्त राज धिक्तले बताए।

जीरा, धनीयाँ, हल्दी, खुर्सानी मिक्समसाल, गरममसाला प्रशोधन तथा प्याकेजीर्ङ यहाँका उद्योगले आफै गर्ने गरेको छन । तर यहाँका स्थानीयमा उत्पादको शुद्धता तथा गुणस्तरबारे जनचेतना नहुदाँ झन समस्या आएको छ । बरु मूल्य बढी तिरेर पनि ग्राहकले बाहिरी कम्पनीका मसलाहरु प्रयोग गर्दौ आईरहेका छन । आर्थिकका कारण अहिले ठुला ब्यापारिलाई आफुले मसला पुराउन नसकेको उद्योगीहरु बताँउछन् ।

त्यस्तै जिल्लााम रहेका चाउमिन उद्योगहरु पनि लकडाउनका कारण संकटमा पर्दै आइरहेका छन । लकडाउन खुले पनि व्यापारले गतिलिन नसकेको उग्रतारा चाउमिन उद्योगका प्रो मानबहादुर थापाको भनाई छ ।

स्थानीय सरकार तथा उद्योगका क्षेत्रमा काम गर्ने संघ संस्थाले उद्योगीहरुलाई अनुदानका कार्यक्रममा समेटीे बढदो बेरोजगारी कम गर्ने यस्ता खालका उद्योगहरुलाई धारासायी हुनबाट जोगाउन सके मात्र आर्थिक विकासमा टेवापुग्ने देखीन्छ ।

Leave a Reply