काठमाडौ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्यहीन र चर्चामा आउनका लागि दायर गरिने मुद्धामा देशको कार्यकारी प्रमुखको मात्र नभई न्यायलयको समय खेर जाने बताएका छन् ।
आफु विरुद्ध परेको अदालतको अवहेलना मुद्धमा सर्बोच्च अदालतमा लिखिति जवाफ पेश गर्दै प्रधानमन्त्री ओलीले यस्तो उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीलेृ रिट निवेदकले हुदै नभएको बिषय र अप्रासंगिक कानुनी व्यावस्था उल्लेख गरी अदालतलाई भ्रमित पार्न खोजेको जवाफमा उल्लेख गर्नुभएको छ।