अमेरिकाद्वारा साउदी अरबलाई प्रतिरक्षा प्रणाली बिक्री गर्ने सम्झौता अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौँ, २१ असोज । अमेरिकी सरकारले थाड भनिने आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली टर्मिनल हाइ एल्टिच्युड एरिया डिफेन्स साउदी अरबलाई बेच्ने सम्झौता अनुमोदन गरेको छ। १५ अर्ब डलर बराबरको उक्त सम्झौताले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीतिसम्बन्धी स्वार्थको प्रवर्द्धन गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

उसले अरब क्षेत्रमा इरानबाट हुन सक्ने सुरक्षा खतराको सामना गर्न पनि त्यसबाट सघाउ पुग्ने बताएको छ। साउदी अरेबियाले रुससँग हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता गरेको एक दिनपछि अमेरिकाले आफूसँगको सम्झौतालाई अनुमोदन गरेको हो।

सुरक्षासम्बन्धी पेन्टागनको एउटा निकायले सो सम्झौताले अरब क्षेत्रमा सैन्य सन्तुलनलाई असर नपार्ने जनाएको छ। उत्तर कोरियाको सम्भावित क्षेप्यास्त्र आक्रमणबाट जोगाउन दक्षिण कोरियामा हाल थाड प्रणाली राखिएको छ।

तर धेरै दक्षिण कोरियालीहरुले त्यसको विरोध गर्दै आएका छन्। उक्त प्रणालीलाई उत्तर कोरियाले निशाना बनाउन सक्ने र त्यसबाट सो क्षेत्र नजिकै बस्ने मानिसहरुको ज्यान जोखिममा पर्न सक्ने उनीहरुमा डर छ। चीनले पनि क्षेत्रीय सुरक्षा सन्तुलन बिग्रिन सक्ने भन्दै उक्त प्रणालीको विरोध गर्दै आएको छ।

के हो थाड ?

यसले सानो तथा मध्यम दूरीका क्षेप्यास्त्रलाई उडानको अन्तिम अवस्थामा खसाल्छ।

हानेर मारिहाल्ने प्रविधिको प्रयोग हुन्छ जहाँ काइनेटिक ऊर्जाले युद्धशीर्षलाई ध्वस्त पार्छ।

२०० किलोमिटर दूरीसम्म क्षेप्यास्त्रलाई रोक्न सक्छ र १५० किलोमिटर उचाईसम्म पुग्न सक्छ।

उत्तर कोरियाको सम्भावित आक्रमणलाई मध्यमनजर गर्दै अमेरिकाले हालै गुआम टापु र हवाईमा उक्त प्रणाली राखेको थियो।

एउटा अमेरिकी कम्पनीले थाडको विकास गरेको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);