डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति

एजेन्सी, ४ फागुन । विश्व स्वास्थ्य संगठन डब्लुएचओले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोरोना विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

कोरोना महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ । अस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रममार्फत विश्वभर वितरण गर्न डब्लुएचओको अनुमतिले सहज बनाएको छ ।

डब्लुएचओले यसअघि फाइजरले विकास गरेको खोपलाई मान्यता दिइसकेको छ । डब्लुएचओले जारी गरेको विज्ञप्तिमा कोभाक्समार्फत विश्वभर नै खोप वितरण गर्न यस निर्णयले सघाउ पुग्ने उल्लेख छ ।

अस्ट्राजेनिकाको खोप हाल भारतको सेरम इन्स्टिच्यूट र दक्षिण कोरियाको एसकेबायोले उत्पादन गरिरहेका छन् । भारत र दक्षिण कोरियाबाट अस्ट्राजेनिकाका करिब ३३ करोड ७२ लाख डोज खोप उत्पादन भइसकेको छ । यो खोप कोभाक्समा आबद्ध करिब १४५ मुलुक सहभागी छन् ।

नेपालले समेत यही कार्यक्रम अनुसार खोप ल्याउन सफल भएको हो । कोभाक्सका लागि सेरम इन्स्टिच्यूटबाट अस्ट्राजेनिकाको २४ करोड, दक्षिण कोरियाबाट अस्ट्राजेनिकाको ९ करोड ६० लाख तथा फाइजरबाट १२ लाख डोज उत्पादन हुँदैछ । यी खोपहरू दुई डोज लगाउनु पर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);