कांग्रेस सभामा अज्ञात समूहको आक्रमणपछि बैतडीमा दुई समूहबीच झडप | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

कांग्रेस सभामा अज्ञात समूहको आक्रमणपछि बैतडीमा दुई समूहबीच झडप

श्रवण देउवा

बैतडी, ४ फागुन । बैतडीको डिलासैनी गाँउपालिकामा नेपाली कांग्रेसको सभामा अज्ञात समूहले आक्रमण गरेको छ। आक्रमणमा परी आधा दर्जन भन्दा बढि घाईते भएका छन् ।


सो स्थानमा नेपाली कांग्रेसका नेताहरु एनपी साउदलगायतले मंगलबार सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । कार्यक्रम सुरु हुनसाथ अज्ञात समूहले कांग्रेसको मंच तर्फ डुंगा प्रहार गरेको थियो। त्यसपछि सभामा सहभागिहरुले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए। अहिले पनि सो स्थानमा झडप जारी छ ।


सो आक्रमण कसले गर्यो भन्ने यकिन भएको छैन। घटना स्थालमा प्रहरी परिचालन भएको छ। घटनास्थलबाट प्रहरी कार्यलय १५ किलोमिटर टाढा रहेको छ।

सो आक्रमण नेकपा समूहले गरेकाे नेपाली कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमिति सचिव बिरबहादुर बिष्टले बताउनुभयो ।

Leave a Reply