दिल्लीको आश्रमबाटै हराए ८ नेपाली महिला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

दिल्लीको आश्रमबाटै हराए ८ नेपाली महिला

nepali cheli

काठमाडौं, २० मंसिर । नयाँदिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम सेल्टर होम बाट शनिबार मध्यरातिदेखि हराईरहेका आठ नेपाली महिलाको अवस्था अज्ञात छ ।

उनीहरु गत वैशाखदेखि त्यहाँ बस्दै आएका थिए ।

स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक बर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरुलाई त्यसअघि द्धाराकास्थित अर्को आश्रलयमा राखिएको थियो ।
नेपाली महिलाको अवस्था पनि अज्ञात छ ।

आश्रममा बालिका तथा महिला गरी ८० जना बस्दै आएका थिए ।

चौबीसै घण्टा सीसीटिभी क्यामराको निगरानी र तारबारसहित अग्लो पर्खाल लगाईएको ठाउँबाट बेपत्ता हुनुलाई रहस्यमय ठानिएको छ ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);