पोखरा, ४ फागुन । पोखरा महानगरपालिका वडा नं -३ नदीपुरमा बच्चाको टाउको र हातको पन्जा फेला परेको छ । आज बिहान एक स्थानीयले बच्चाको टाउको सडकमा देखिएपछि प्रहरीलाई खबर गरेका हुन ।
टाउकोमा आंखा र कानको बिच भागमा चोट देखिएको छ । पिच रोडको विच भागमा टाउको भेटिएको थियो । अपराध कस्ले र किन गरेको भने बारेमा प्रहरीले अनुसन्धान थालेको छ भने केही फरकमा बच्चाको हातको पन्जा समेत भेटिएको प्रहरीले जानकारी दिएकाे छ ।