पाल्पामा स्वास्थ्य बीमा कार्यक्रम सर्बसाधरणका लागि झन्झटिलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाल्पामा स्वास्थ्य बीमा कार्यक्रम सर्बसाधरणका लागि झन्झटिलो

प्रकाश नेपाल
पाल्पा, ४ फागुन ।
सरकारले आम नागरिकको स्वास्थ्य सेवा सहज रुपमा गर्ने उद्धेश्यले लागु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले फेरि झन्झटिलो बन्न पुगेको छ । कोभिड १९को माहामारीका कारण हटाइएको विरामीको रिफर लिने व्यवस्था पुन लागु गरेपछि विरामीहरु घण्टौ सम्म लाईनमा जस्न बाध्य भएका छन् ।

पाल्पामा लुम्बिनी मेडिकल कलेज, मिसन अस्पतालमा स्वास्थ्य बीमा सेवाका लागि पाल्पा अस्पतालले रिफर गर्ने गर्दछ तर पाल्पा अस्पतालमा आवश्यक जनशक्ति अभावका कारण दिनभरि नै विरामीहरु रिफरका लागि मात्र लाइनमा बसेको देखिन्छ ।

पाल्पा अस्पतालमा आबश्यक भौतिक पूर्वाधार, जनशक्तिको अभाव र विशेषज्ञ अभावका कारण विरामीहरु निजी अस्पतालमा उपचार गर्न जानुपर्ने वाध्यता रहेको छ । विशेष गरी ग्रामिण क्षेत्रका र पाल्पावाहेक अन्यत्र जिल्लाका विरामीहरुलाई उपचारका लागी २ दिन लाग्ने गरेको र समयमा उपचार पाउन कठिन हुने गरेको रेफर लिन आएका विरामीहरु बताउँछन्।

कोरोना भाइरसको प्रभाव अझपनि कायम रहेको अवस्थामा विरामीहरु दूरी कायम विनानै लाईनमा घण्टौ वस्नु पर्ने अवस्था पाल्पा अस्पतालको व्यवस्थापनको कमीका कारण भएको अस्पतालका सूचना अधिकारी विर्सजन शर्मा बताउँछन्।

आम नागरिकका लागि स्वास्थ्य विमा कार्यक्रम निकै प्रभावकारी भएको भएपनि सरकारी स्वास्थ्य संस्थाहरुमा विशेषज्ञ सेवा सहित आवश्यक सुविधा भएको खण्डमा स्वास्थ्य सेवामा आमनागरिकको सहज रुपमा पहुच पुग्ने देखिन्छ । त्यसका लागि सरकारको सरकारी स्वास्थ्य संस्थालाई सवल र सक्षम बनाउन पर्ने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);