देशभरका सबै सामुदायिक विद्यालयमा जङ्क फुड निषेध | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८१, बुधवार

देशभरका सबै सामुदायिक विद्यालयमा जङ्क फुड निषेध

काठमाडौं, ४ फागुन । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा जङ्क फुड खुवाउन निषेध गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका जारी गर्दै सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा जङ्क फुड खुवाउन निषेध गरेको हो ।

केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका खानाको सूची तयार गरेर पुस्तिका सार्वजनिक गरेको छ । सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि सात अर्ब ७२ करोड ९३ लाख ३० हजार रुपैयाँ विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारीसमेत गराइएको छ ।

त्यसअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइने छ ।

सरकारले कर्णालीमा प्रतिविद्यार्थीलाई दैनिक २० रुपैयाँ र अन्य क्षेत्रमा विद्यार्थीलाई १५ रुपैयाँका दरले दिवाखाजाको रकम उपलब्ध गराउने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);