कोरोनाबाट बेलायतमा थप २ नेपालीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाबाट बेलायतमा थप २ नेपालीको मृत्यु

विदेशी भूमिमा कोरोनाले मृत्यु हुनेको संख्या ३ सय ३५ पुग्यो

काठमाडौं, ३ फागुन । कोरोना संक्रमणका कारण विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण बेलायतमा थप २ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३ सय ३५ पुगेको छ ।

हालसम्म कोरोनाको कारण २१ देशमा नेपालीको मृत्यु भएको एनआरएन अनतर्गतको स्वास्थ्य समिति संयोजक सन्जिव सापकोटाले जानकारी दिनु भएको छ । विश्वका ५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार १ सय २१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९७ प्रतिशत निको भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);