दाहाल–नेपाल पक्षले मानव साङ्लोले टुँडिखेल घेर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

दाहाल–नेपाल पक्षले मानव साङ्लोले टुँडिखेल घेर्ने

काठमाडौं, २ फागुन । दाहाल – नेपाल पक्षको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध १५ दिने आन्दोलका कार्यक्रम घोषणा गरेको छ। सो पार्टीको संघर्ष समितिले पार्टी कार्यालय पेरिस डाँडामा आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर सो घोषणा गरेको हो ।

घोषित कार्यक्रम अनुसार फागुन ६ गते मानव साङ्लोले टुडिखेल घेर्ने, ७ मा सबै पालिकाका वडास्तरमा विरोध प्रदर्शन, ८ गते काठमाडौंमा बृहत अन्तरक्रिया कार्यक्रम, ९ गते देशव्यापी महिलाको प्रदर्शन, १० गते उपत्यकाका सबै जिल्लामा प्रदर्शन, १२ गते चितवनमा बृहत प्रदर्शन तथा सभा, १४ गते देशव्यापी युवा र्याली, र २१ गते दाङमा प्रदर्शन तथा सभा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);