राष्ट्रिय महिला लिग फुटबलमा एपीएफ र विराटनगरको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफ र विराटनगरको जित

काठमाडौं, १ फागुन । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा एपीएफ र विराटनगर महानगरपालिकाले जित दर्ता गरेका छन् ।

शनिबार ललितपुरको सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा सावित्रा भण्डारीको ५ गोलसँगै एपीएफले ‘साम्वा’ वालिङनगरपालिकालाई ६–० गोल अन्तरले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो ।

नवौं खेलसम्म अपराजित यात्रा कायमै राखेको एपीएफका लागि प्रिती राईले एक गोल थपेकी हुन् । यो नतिजासँगै एपीएफले ९ खेलबाट २७ अंक जोडेको छ । वालिङ भने ९ खेलमा १४ अंकसहित लिग तालिकको तेस्रो स्थानमा छ ।

शनिबार नै राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको छ । विराटनगरले अन्तिमसमयमा गोल थपेपछि चौदण्डीगढी लिगमा पहिलो अंक जोड्न असफल भएको हो ।

अहिलेसम्म एक खेल पनि नजितेको चौदण्डीगढीले मनिता तामाङको गोलसंगै सातौं मिनेटमै अग्रता लिएको थियो । विराटनगरका लागि पार्वती घले २ गोल गरिन् । आइतबार चन्द्रपुर र त्रिभुवन आर्मीबीच खेल हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);