प्रधानमन्त्री-नेकपा कञ्चनपुर नेता भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्री-नेकपा कञ्चनपुर नेता भेट

काठमाडौं, ३० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कञ्चनपुर जिल्लाका केन्द्रीय सदस्यहरुले उक्त जिल्लाबाट भारततर्फ जान सहज हुने गरी सीमापार यातायात सञ्चालन गरिनुपर्ने माग गर्नुभएको छ ।

प्रधानमन्त्री एवंं पार्टी अध्यक्ष केपीशर्मा ओलीसँगआज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेताहरूले यस्तो माग राख्नुभएको हो । उहाँहरुले कञ्चनपुर क्षेत्रमा भारतसँगको सीमा स्ट्रीप म्यापका आधारमा तय गर्दा धेरै ठाउँमा नेपाली भूमि भारततर्फ परेको उल्लेख गर्दै यसलाई सच्याइनुपर्ने माग गर्नुभयो ।

नेताहरूले कञ्चनपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको शिलान्यास तत्काल गर्नुपर्ने, महाकाली करीडोरका लागि बजेट लगायतका सबै तयारी भएपनि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनको कारण भइरहेको ढिलाई अन्त्य गरिनुपर्ने, भीमदत्त विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्ने र महकालीको तटबन्ध निर्माण तत्काल थाल्नुपर्ने मागसमेत राख्नुभएको थियो ।

यसैगरी उहाँहरुले प्रधानमन्त्रीसँग पुनर्वास नगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने र शुक्लाफाँटा बन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित दुई हजार ७६ परिवारको पुनस्र्थापना गरिनुपर्ने विषयमा समेत छलफल गर्नुभएको थियो ।

भेटमा नेकपाका केन्द्रीय सदस्यएवं राष्ट्रिय सभा सदस्य इन्दु कडरिया विष्टतथा केन्द्रीय सदस्यहरु राजेन्द्रसिंह रावल, रामचन्द्र नेपाल, खेम सुवेदी र नरबहादुर धामी लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);