नुवाकोट, २५ माघ । शनिबार राती गाडीको ठक्करबाट नुवाकोटको लिखु गाउपालिका वडा नम्बर ३ पट्टाबारीमा एक युवकको ज्यान गएको छ ।
जिल्लाको सुर्यगढी गाउपालिका वडा नम्बर ५ को घर भै लिखु ३ पट्टावारी बसोवास गर्दै आएका कमानसिंङ तामाङको मृत्यु भएको हो । टोखा–छहरे–ढिकुरे सडक हुँदै काठमाडाँैबाट आउँदै गरेको बोलेरो गाडीले बा६३प ४६९५ नम्बरको बाईकमा सवार तामाङलाई ठक्कर दिएको हो ।
घटनापछि आइतबार बिहानै देखि मृतकका आफन्त र स्थानीयले दोषीलाई कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिको माग गर्दै ढिकुरेमा सवारी बन्द गराएका छन् । लिखु ४ ढिकुरे बजारमा टायर बालेर सडक अबरुद्ध गरिएको कारण नुवाकोटबाट टोखा–छहरे–ढिकुरे भएर सञ्चालन हुने सवारी साधन सञ्चालन हुन सकेको छैन ।
![](https://i0.wp.com/emountaintv.com/ne/wp-content/uploads/2021/02/banda2.jpg?resize=1024%2C473&ssl=1)