एजेन्सी, २५ माघ । वुहानको सामुद्रिक खाना राखिएको बजारबाट कोरोना भाइरसको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यस्तो देखिएको हो ।
कोरोना अन्यत्र उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरूको बजारबाट बिस्तार भएको अुनमान गरिएको विश्व स्वास्थ्य संगठनका अधिकारीहरूलाई उदृत गर्दै समाचार संस्था सिन्हले जनाएको छ । हालै डब्लूएचओका टोलीले वुहानमा पुगेर कोरोना उत्पतिका बारेमा अनुसन्धान गरेको थियो ।
अनुसन्धानबाट कोरोना वुहानको सामुद्रिक खानाहरूको बजारबाट विस्तार भएको पाइएको जनाइएको छ । तर पनि यो सक्रमण भने अन्यत्र कतै देखिएको ती विज्ञहरुले बताएका छन् । उनीहरूले कोरोना भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनको टोलीले वुहान शहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा रहेको ल्याबको पनि अनुसन्धान गरेका थिए ।