सरकारको कदम विरुद्ध कांग्रेस आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

सरकारको कदम विरुद्ध कांग्रेस आन्दोलित

बागलुङ, २४ माघ । नेपाली कांग्रेस शुभेच्छुक संस्थाहरूले वर्तमान सरकारले चालेको असंवैधानिक कदमको विरुद्ध शनिबार बागलुङ सदरमुकाममा बिरोध प्रदर्शन गरेको छ ।

बागलुङको लोकतान्त्रिकचोकमा नेपालीकाग्रेसको शुभेच्छुक सस्थाहरुको आयोजनामाभएको विरोध प्रदर्शन कार्यक्रममा सरकारले गरेको असंवैधानिक रूपमा गरेको संसद विघटनको बिरोध गर्दै नाराबाजी गरेका थिए ।

बिरोध कार्यक्रम गर्दा पानी परेपछि एक हातमा छाता अर्को हातमा झण्डा समातेर नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूका नेता तथा कार्यकर्ताहरूले बागलुङ बजार परिक्रमागर्दै लोकतान्त्रिक चोकमा कोण सभा गरि सरकारले गरेको असंवैधानिक कदम विरूद्व बोल्दै संसद पुनस्र्थापन नहुँदासम्म आन्दोलन जारी राख्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल ,संविधान सभाका सदस्य प्रकाश पौडेल नेपाली कांग्रेस जिल्ला सभापति दिपेन्द्र थापा नेपाल महिला संघका शकुन्तला शर्मा शुभेच्छुक संस्थाका ब्यक्तिहरूले धारणा राखेका थिए ।

Leave a Reply