आगामी दिनमा बीमाको पहुँच बढाउनुपर्ने प्रमुख जिम्मेवारी छ : सचिव पुडासैनी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

आगामी दिनमा बीमाको पहुँच बढाउनुपर्ने प्रमुख जिम्मेवारी छ : सचिव पुडासैनी

काठमाडौं, २२ माघ । अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आगामी दिनमा बीमा पहुँच बढाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवाललाई सपथ ग्रहण कार्यक्रममा सचिव पुडासैनीले बीमाको पहुँच बढाउनुपर्ने प्रमुख जिम्मेवारी रहेको बताउनुभएको हो । उहाँले बिमा क्षेत्रमा सुशासनको समस्या रहेको भन्दै राम्रो नियमको विकास गर्नुपर्ने चुनौती रहेको पनि बताउनुभयो ।

कोरोना बीमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्नु तथा फन्डको व्यवस्थापन गर्ने चुनौती रहेको पनि उहाँको भनाई छ । सरकारको स्वामित्वमा रहेका दुई बीमा कम्पनीहरुलाई पारदर्शी बनाउनुपर्ने पनि उहाँको भनाई छ ।

बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले बिमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफु खरो उत्रिने बताउनुभयो । नीतिगत कुराहरुलाई फास्टट्रयाकमा लैजान मन्त्रालयको सहयोगको अपेक्षा रहेको उहाँको भनाई छ ।

बीमा क्षेत्रको वर्तमा समस्यालाई समाधान गर्दै नीतिगत र संरचनालाई समिक्षा गरिने उहाँको भनाई छ । अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानाले नवनियुक्त अध्यक्ष सिलवाललाई शपथ खुवाउनु भएको थियो ।

कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);