आमहडतालको प्रभाव, नवलपरासीमा रोकिए सयौं सवारी साधन (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

आमहडतालको प्रभाव, नवलपरासीमा रोकिए सयौं सवारी साधन (फोटो फिचर)

जीवन न्यौपाने
नवलपरासी, २२ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले आज देशभर आम हड्ताल गरिरहेको छ । आम हडतालको प्रभाव पश्चिम नवलपरासीमा पनि परेको छ ।

बन्दका कारण महेन्द्र राजमार्ग अन्र्तगत पर्ने पश्चिम नवलपरासीमा २ सय भन्दा बढी कन्टेनर र मालबाहक सवारीसाधन रोकिएका छन् । भारतबाट मालसामान लिएर बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने कन्टेनरहरुलाई सुरक्षाको कारण प्रहरीले रुपन्देहीको धकधहीमा रोकेर राखेको छ भने नेपालबाट बेलहिया नाका हुँदै भारत छिर्ने कन्टेनरहरु महेन्द्र नवलपरासीको सरावल १ बासाबसहीमा रोकिएका छन् ।

बन्दले गर्दा सवारी गुड्न नपाएपछि सवारी चालक तथा सहचालकहरु महेन्द्र राजमार्गको हाइवेमै सुतिरहेको देख्न सकिन्छ ।बन्दको कारण उद्योग व्यवसाय र यातायात सञ्चालन नहुदा जिल्लाको बर्दघाट, भुमही, सुनवल र सदरमुकाम परासी लगाएतका मुख्य बजारक्षेत्र तथा चोकहरु सुनसान देखिएका छन् ।

बन्दकर्ताले कुनै अप्रिय घटना नघटाउन भन्ने उद्धेश्यले जिल्लाका मुख्य–मुख्य चोकहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएत सुरक्षाकर्मि टोलिको बाक्लो परिचालन गरिएको छ । बन्दका कारण जिल्लाका सबै शैक्षिक सस्थाहरु बन्द छन् ।

बन्दलाई सफल बनाउन नेकपा प्रचण्ड–माधव समूहका जिल्ला नेता तथा कार्यकर्ताहरु जिल्लाका मुख्य चोक र बजारक्षेत्रमा उपस्थित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);