वाम गठवन्धन कार्यदलको बैठक जारी, लोकतान्त्रिकको साँझ बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

काठमाडौं, २० असोज । वाम र लोकतान्त्रिक गठवन्धनका कार्यदलरु छुट्टाछुट्टै रुपमा छलफलमा जुटेका छन्। नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी मिलेर बनेको वाम गठबन्धनबाट उम्मेदवार चयन गर्ने सम्बन्धी कार्यदलको बैठक ललितपुरमा बसिरहेको छ।

ललितपुरको एक होटलमा जारी बैठकले विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार चयन लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताएका छन्।

कार्यकदलमा एमालेका तर्फबाट र्इश्वर पोखरेल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादीका तर्फबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेका छन् । त्यस्तै नयाँ शक्तिबाट गगांनारायण श्रेष्ठ छन्।

यता नेपाली कांग्रेससँग आवद्ध लोकतान्त्रिक गठबन्धनको कार्यदलको बैठक आजै साँझ बस्ने तय भएको छ।