काठमाडौँ, २० माघ । संवैधानिक आयोगमा नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । गत मंसिर ३० मा बसेको संवैधानिक परिषद्को बैठकले लामो समयदेखि रिक्त रहेका ४५ पदमा नियुक्ति गरेको थियो ।
सोही नियुक्तिमा संसदीय सुनुवाई नहुने भएकाले सपथ दिलाउने तयारी भएको छ । मंगलबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले स्वतः नियुक्ति र शपथ रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।
निवेदक त्रिपाठीले रिटमा प्रतिषेध, उत्प्रेषण तथा परमादेश लगायतको आदेशको माग गर्नुभएको छ । रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्का अध्यक्ष, सभामुखलाई विपक्षी बनाइएको छ ।