काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले किसानहरुलाई मारमा पार्ने काम गरेको बताउनु भएको छ ।
आईतबार पेरिसडाँडामा अखिल नेपाल किसान मोर्चालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले कृषिमा वैदेशिक लगानी भित्र्याउने नीति ल्याएर किसानहरुलाई मारमा पार्ने काम गरेको बताउनु भएको हो ।
अध्यक्ष दाहालले कृषिमा वैदेशिक नीतिले विदेशी दलालहरुलाई पोस्ने काम गरेको बताउनु भयो । सरकारले किसानहरुलाई प्रबिधिमैत्री पद्धति ल्याएर सघाउनको सत्ता विदेशी दलालहरुलाई भित्र्याएर किसानलाई मार्न खोजेको बताउनु भयो ।