भारतको राजधानी नयाँ दिल्लीमा रहेको इजरायली दूतावास नजिकै विष्फोट | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

भारतको राजधानी नयाँ दिल्लीमा रहेको इजरायली दूतावास नजिकै विष्फोट

एजेन्सी, १७ माघ । भारतको राजधानी नयाँ दिल्लीमा रहेको इजरायली दूतावास नजिकै विष्फोट भएको छ ।दूतावासको भवनभन्दा करीब १५० मिटरको दूरीमा शुक्रबार विष्फोट भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार विष्फोटमा परी कोही पनि घाइते नभए पनि नजिकै राखिएका पाँच गाडिहरुमा भने क्षति पुगेको छ । भारत र इजरायको दौत्य सम्बन्धको २९ वर्ष वार्षिकीको दिन उक्त विस्फोट भएको हो ।

भारत र इजराइको सम्बन्धलाई प्रगाढ बन्न नदिनेहरुले विष्फोट गराएको हुन सक्ने भारतस्थित इजरायली दूताबासले जनाएको छ । सञ्चारमाध्यमका अनुसार जिद्ददल हाउस नजिकै डिभाइडरमा एउटा फूलको गुच्छामा इम्प्रोभवाइजड डिभाइस भेटिएको छ ।

यसलाई कसैले गाडिबाट हिडिरहेको बेलामा फ्याकिएको हुन सक्ने दूतावबासको दाबी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);