शुक्रबार सहिद दिवस अर्थात देशलाई माया गर्ने सपूतहरुको सम्झना गरेको दिन । सहिदहरुले आफ्नो जिवन उत्सर्ग गरे देशको लागि जनअधिकारको लागि अनि भविष्यको सुनिश्चतताको लागि तर आजको राजनितीले के यी सहिदका सपनाहरु पूरा हुन सकेको देखिन्छ र के यी जीवन उत्सर्ग गर्नेहरुको सपना साकार भयको देखिन्छ ?
सायद सहिद हुनेहरुको बलिदानी इतिहासको सान्दर्भिकता र उनीहरुको साहसको क्षण हेर्दा अहिलेको राजनितीले उनीहरुको सपना र उत्र्सगलाई सम्वोधन गर्न सकेको देखिदैन । उनीहरु स्वभिमानी थिए,निडर थिए कसैको गुलामी गरेनन् र निरकुशतालाई सहेनन् । अपमानित र पराधिनता भन्दा आफ्नो जिवन मूल्यहिन समझिए र उत्र्सग गर्न पुगे । उनीहरुको देन अनुसार आजको राजनिती छ । सबै जना ठूलाठूला नारा लगाउन सक्ने अवस्थामा छन् । सबै प्रकारका प्रजातान्त्रीक संरचनाहरु खडा भएका छन् । थुप्रै प्रधामन्त्रीहरु देशले पाइसक्यो राजनितीक परिर्वतनहरुको शृङखला पनि शृङखलावद्घ रुपमा अगाडी बढदै प्रत्यक क्षण नयाँ नयाँ राजनितीक अनुभव अनुभूति सहित देश राजनितीमय बनिरहेको छ । तर यो स्वाभिमानी र बलिदानी इतिहासलाई स्मरण गर्ने दिनलाई टेकेर एउटा कुरा भन्नै पर्ने हुन्छ । वर्तमान पुस्ताले इतिहासहरुको सहि कदर गर्न सकेको छैन् ।
आजको राजनीति आफैमा पदलोलुप छ । अर्काको आज्ञाकारी छ । पराधिन छ सबै प्रकारका दैनिकीहरुको लागि विदेशीको मूख ताक्नुपर्ने अवस्था छ । देश घर झगडामा लिप्त छ । पार्टी गुट उपगुटमा विभाजित छ । देशका संवैधानिक निकायहरु समेत जनताको नजरमा निश्चल र निर्भिक छैनन् । जनता विभाजित पार्टीका नेताहरुका पिछलग्गु जस्तै भूमिकामा छन् । विना कारण सडक तताउछन् ।
नेताको आस र विश्वासमा बाचेको जनताको व्यक्तिवादी सोच अरुमुखरित देखिन्छ । भविष्यको चिन्ता गर्ने भन्दा वर्तमानमा कसरी अवसर छोप्न सकिन्छ सबैको यहीनै सोच र चिन्तन छ । यी सबै गतिविधिले वलीदानको भावना र उत्र्सगपूर्ण इतिहासको गाथा गाउदैनन् । पटकपटक प्रजातन्त्रको लागि भन्दै सडकमा आउने जनता यसपटक पार्टी झगडामा समेत सडकमा ओर्लिने वातावरणले जनमानसमा कति धेरै समय छ भन्ने अवस्था देखिदैछ । नारा नेताको लागि बनेको छ प्रजातन्त्र र जनजिवीकाका कुरा देखाउने दात भएका छन्् । आफ्नो गुटको नेता आइदेला र मेरोबारेमा केहिनकेहि गरीदेला भन्ने अत्यन्त व्याक्तिवादी सोच अनुसार मूखरित यो सोचले देशलाई फाइदा गरेको छैन, प्रजातन्त्रलाई फाइदा गरेको छैन र समाजलाई फाइदा गरेको छैन् । प्रजातन्त्र सधै कमजोर छ अर्थतन्त्र गयगुज्रेको अवस्थामा छ भष्टचारले आकाश छोएको छ । आफ्नाको गन्ध पनि सुगन्धमान्ने विचित्रको नेपाली जमात तयार हुदैछ । अर्काेको आशामा कहिल्यै नवाचेका नेपालीहरुलाइ अव आफूले केहि गर्न सकियला भन्ने आस पटक्कै छैन ।
नेता नेता भन्द्यै उफ्रियो, चुनाव सकियो नेता महानेता बन्यो । नेतालाइ अप्ठयारो नपरुन्जेल नेता तर्फ आखा फर्कायो नेताले वास्ता नगर्दा धारेहात लगायो फेरी जव नेतालाइ अप्ठयारो पर्दछ सडक जाम गर्दे नारा लगायो घाटी सुकायो न आफनो चिन्ता , न महामारीको चिन्ता न भविस्यको प्रतिफल कै आसा यस्तै यस्तै गज्जवको भुमिकामा रुमलियको राजनीति भित्रबाट एउटा समूहले हातमा माला लिएर दिवांगत सालिक प्रति सर्मपण गर्दाको क्षण र सानो मौनधारणको परिधिभित्र मनाइने सहिद दिवस अव विस्तारै सामाजिक संजालमा मात्र सिमित हुदै गएको यर्थाथताकै विच प्रत्यक वर्ष थपिने नया नया पार्टिका दिवांगतहरुले लियको शृङखला कहा गएर टुगिंने हो । राजनीति र वातावरण जस्तो भयपनि सहिद सहिद नै हुन । सहिदको सम्मान राजनीतिक सस्कार पनि हो । वलिदानको गाथाले नै देशको गौरवपुर्ण इतिहास को सम्झना दिलाउछ ।