समाजवादी फोरमले गर्यो गठबन्धनमा नबस्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

काठमाडौँ, २० असोज । सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससंग तालमेलमा खुला रहे तापनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो।

कांग्रेससँग मात्रै नभई, एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको मैदानमा उत्रने फोरमले औपचारिक निर्णय लिएको छ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम लोकतान्त्रिक गठबन्धनमा नबस्ने भएपछि अब नेपाली कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नेपाल लोकतान्त्रिक फोरमको मात्रै गठबन्धन हुने भएको हो।

जसमा कमल थापा नेतृत्वको राप्रपाले कांग्रेससँग बार्गेनिङ गरिरहेको र एमाले अध्यक्ष केपी ओली निकट रहेकाले पनि वाम गठबन्धनमा जाने सम्भावना देखिएको लोकतान्त्रिक गठबन्धनका एक नेताले बताएका छन्।

ताजा समाचार