मार्क्स, लेनिन र माओवादी नेताको ठाँउमा यसकारण झुण्डिए सहिद परिवारको फोटो | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

मार्क्स, लेनिन र माओवादी नेताको ठाँउमा यसकारण झुण्डिए सहिद परिवारको फोटो

विमल क्षेत्री

बुटवल, १६ माघ । रूपन्देहीको सैनामैना नगरपालिका–९, बाँसगढीमा रहेको टायल र टीनले छाएको सानो घरको साँघुरो कोठा । कोठामा झुन्ड्याइएका छन्, देवी–देवताका तस्वीर । त्यसैको तल झुण्डिएका छान तुलसा पाण्डे, झविन्द्र र उनीहरूका दुई छोरा दुर्गा र युवराजको तस्वीर । तस्वीरमा देखिएकामध्ये अहिले जिवित छन् तुलसा पाण्डे । कुनै बेला यी देवी–देवताका तस्वीरको ठाउँमा मार्क्स, लेनिन र नेपालका माओवादी नेताका तस्वीर सजिएका हुन्थे । यही घरका दुई ऊर्जावान् छोराहरू मारिए र बेपत्ता पारिएपछि भने ती तस्वीर हराए । छोराहरूलाई युद्धमा होम्ने नेता र कमाण्डरहरू पनि हराए ।

यो कथा तिनै आमा तुलसा पाण्डेको हो, जसले अभाव र शोकका बीच सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका छोराहरूको सम्झनामा जिवन बिताउनु भएको छ । बुटवलबाट २१ किलोमिटर पश्चिम जाँदा सडकको बायाँतर्फ छ ‘सहिद तथा बेपत्ता स्मृति गेट’ । गेटबाट छिरेपछि नजिकैको सबैभन्दा जीर्ण घर हो आमा तुलसाको ।


माओवादी युद्धमा होमिएका कान्छा छोरा युवराज पाण्डे, १९ असोज २०६० मा सुरक्षाकर्मीले पक्राउ गरेपछि बेपत्ता पारिए । भाइ बेपत्ता भएको प्रतिशोधमा तुलसाका जेठा छोरा दुर्गा माओवादीमा संलग्न भएका थिए । १७ फागुन २०६० मा माओवादीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका उनी रूपन्देहीको सेरुवा बुद्धनगरमा सेनाको गोलीबाट मारिए ।


अहिले तुलसाका साथमा उहाँकी कान्छी छोरी विष्णु खत्री छन् ।द्वन्द्वकै बेला बाँसगढीका अरू दुई व्यक्ति पनि मारिएका थिए । मारिएका र बेपत्ता पारिएका छोराहरूका नाममा आमा तुलसालाई सरकारले रु.२० लाख राहतस्वरुप दियो । आफूसँग भएको केही रकम र गाउँलेको सहयोग समेत थपथाप गरेर तुलसाले दुर्गा र युवराजको सम्झ्नामा गाउँमा सडक र स्मृतिद्वार निर्माण गर्नुभयोे ।र दुई छोराको प्रतिमा समेत स्थापना गर्नुभयो । उहाँले छोराहरूको स्मृतिमा स्थानीय विद्यालय जनचेतना माध्यमिक विद्यालयमा गरीब र दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि अक्षय कोष समेत स्थापना गर्नुभएको छ । तर उहाँ आफू भने एकतले, टायल र टीनले छाएको घरमा बस्नुहुन्छ । माटोको चूलोमा दाउरा झेसेर कसौंडी र डेक्चीमा खाना पाक्छ । र साँझ्–बिहान के पकाउने भन्ने समस्या छ ।मधुमेह, युरिक एसिडलगायतका रोगबाट थला पर्नुभएकी तुलसा , छोराहरु बचेको भए आजका मन्त्री सांसद हुन्थे भनेर सम्झनुहुन्छ ।

तर उहाँलाई हिजोआज कसैले फर्केर पनि हेर्दैन ,छोराहरू हराएपछि त्यसबेलाका कमाण्डर देखा पर्न छाडे । आमा तुलसाको सरकार संग खासै ठूलो आश पनि छैन । शहिद परिवार भएकोले राज्यले उचित मुल्याङ्कन गरिदिए उहाँको मनमा हर्ष छाउने थियो । र जिवन कटाउने साहाराको रुपमा रहने छोराहरु नै गुमाउनु परेपछि, दैनिकी चलाउन पनि समस्या भएको छ । त्यसैले उहाँले सरकारले आर्थिक रुपमा पनि हेरी देए सहज हुने विश्वासमा हुनुहुन्छ ।

Leave a Reply