काठमाडौँ, १५ माघ । नेपालमा हरेक वर्ष खेतीको सिजनमा मलको चरम अभाव हुने गरेको छ । सरकारले खेतीको सिजनअघि मल अभाव हुन नदिने प्रतिबद्धता जारी गर्ने गरेपनि सो अनुसार हुन सकेको छैन ।
यो वर्षको खेतीको सिजनमा पनि मलको अभाव उस्तै रह्यो । तर सरकारले यो पटक भे मलको समस्या समाधानको लागि पृथक प्रयास गरिरहेको छ ।
यसअघि बंगलादेशबाट ठूलो परिमाणमा मल ल्याउने गरी सम्झौता गरेको सरकारले भारतबाट समेत मल ल्याउने तयारी सुरु गरेको छ ।