काठमाडौं, ११ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालको सत्ता र पद लोभका कारण नेकपा विभाजनको स्थितिमा पुगेको बताउनु भएको छ ।
शनिबार ओली पक्षीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको दाहालले जिम्मेवारी अनुसार पार्टी एकताको काम नगरी पार्टी नै फुटाएको आरोप लगाउनु भयो ।
नेपाली काग्रेस, जनता समाजवादी लगायतका ठुला पार्टी चुनावको तयारीमा लागिरहेका बताउँदै दाहाल–नेपाल जनताबाट हारिने डरले प्रतिनिधि सभा पुनस्र्थापनाको रटानमा सडक आन्दोलन गरिरहेको पोखरेलले आरोप लगाउनु भयो ।
सत्ता र पद लोभका कारण नेकपा विभाजनको स्थितिमा पुग्यो : मुख्यमन्त्री पोखरेल
ताजा समाचार
मुस्ताङका दुई ‘कुमारी हिमाल’मा ऐतिहासिक सफलता
३ घन्टा अघि
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
७ घन्टा अघि




