एजेन्सी, ७ माघ । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आजदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । गत नोभेम्बर ३ मा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी हासिल गर्नुभएका उहाँलाई यही जनवरी ६ मा अमेरिकी कंग्रेसले आधिकारिकता दिएसँगै आजदेखि जिम्मेवारी सम्हाल्न लाग्नुभएको हो ।
अमेरिकाको संविधानअनुसार राष्ट्रपतिका रुपमा निर्वाचित व्यक्तिले जनवरी २० बाट कार्यकाल सुरु गर्ने व्यवस्था रहेको छ । बाइडेनले कडा सुरक्षा व्यवस्थाबीच राष्ट्रपतिको सपथ ग्रहण गर्न लाग्नुभएका उहाँको सुरक्षामा अमेरिकी नेशनल गार्डका १० हजार सुरक्षाकर्मी तैनाथ हुने जनाइएको छ ।
उहाँको सपथ ग्रहणका समयमा राजधानी वाशिंगटन डिसीमा संकटकालको अवस्था हुनेछ । बाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले पनि आफ्नो कार्यकाल सम्हाल्दै हुनुहुन्छ ।