सिराहा, ५ माघ । सिराहा सञ्चालित १० औं पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ ब्याडमिन्टन प्रतियोगिता आईतबार सम्पन्न भएको छ ।
प्रतियोगितामा आर्मीका खेलाडीहरुको प्रदर्शन उच्च रहेको थियो । पुरुष डवलमा त्रिभुवन आर्मी क्लवका नविन श्रेष्ठ र रत्नजित तामाङ प्रथम भएका छन् । यस्तै महिला तर्फको डवलमा पनि आर्मीकै अनिता गिरी र रसिला महर्जन विजयी भए ।
१७ वर्ष मूनिको विधामा समेत आर्मीका भोजबहादुर गुरुङले जितेका छन् । प्रतियोगितामा ९ वटा इभेन्टस्को लागि प्रति इभेन्ट्स प्रथम २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रोत हुने २ जनालाई १० हजारका दरले जम्मा ५ लाख ९३ हजार पुरस्कार रासी रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा देशभरका तीन सय २५ जना प्रतियोगिहरु सहभागी थिए ।