सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडक फेरी अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

पाल्पा, १९ असोज । सिद्धार्थ राजमार्गमा अन्तर्गत पाल्पा–बुटवलको सडकखण्ड फेरि अबरुद्ध भएको छ। सिद्धबाबा क्षेत्रमा बाटो माथिबाट ठूला ढुंगासहित खसेको पहिरोका कारण बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पहिरो झर्न नराकिएपछि जिल्ला प्रहरी कार्यालयले बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म आवागमनमा रोक लगाएको थियो। तर निरन्तर प्रहिरो झरिरहेकाले पहिरो हटाउने काम समेत बन्द भएको प्रहरीले जनाएको छ।