प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा एपीएफको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा एपीएफको विजयी सुरुवात

काठमाडौं, ३ माघ । विभागीय टिम शसस्त्र प्रहरीको एपीएफले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा शनिबार प्रदेश १ लाई १ सय ३५ रनको फराकीलो अन्तरले पराजित गर्दै एपीएफले विजयी सुरुवात गरेको हो ।

एपीएफले दिएको २ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले ४२ ओभर ४ बलमा १ सय ८ रन मात्र बनाउदा सबै विकेट गुमायो । प्रदेश १ का मनिस थापाले १८, अन्सारीले १७, दिपेश कंडेलले १६ र दिपक पासवानले १३ रन बनाए ।

प्रदेश १ लाई सस्तैमा समेट्न एपीएफका अविनास बोहराले १८ रन खर्चिएर ५ विकेट लिए । यस्तै वसन्त रेग्मीले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४३ रन बनाएको थियो । एपीएफका लागि आसिफ शेखले ५९, वसन्त रेग्मीले ४० र सन्दीप जोराले ३० रन बनाए । प्रदेश १ का फिर्दोस अन्सारी, हेमन्त राई र दिपेश कंडेलले २–२ विकेट लिए ।

जितसँगै समूह ’ए’ मा एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ । यहि समूहको पहिलो खेलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ९९ रनले हराएको थियो । आइतबार मूलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश तथा कीर्तिपुरको मैदानमा नेपाल पुलिस क्लब र बाग्मती प्रदेशबीच खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);