काठमाडौँ, २ माघ । औपचारिक रुपमा विघटन नभएपनि नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद यतिबेला निर्वाचन आयोगमा पुगेको छ ।
तर नेकपाको दुबै पक्षले निर्वाचन आयोगमा पार्टीको निर्णयहरु पठाइरहेपनि ती निर्णयहरुमा आधिकारिता पुष्टि हुन नसकेकाले निर्वाचन आयोग यो विषयमा अनिर्णित बनेको हो ।
तर नेकपाको दुबै पक्षले आफूहरु नै आधिकारिक नेकपा भएको दावी गर्दै आएका छन् ।