‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित योग दिवस मनाइदैँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित योग दिवस मनाइदैँ

काठमाडौँ, १ माघ । राष्ट्रिय योग दिवसका अवसरमा बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा योगाभ्यास कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायतको सहभागीता रहेको थियो । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो ।

कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराउनुभयो । योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको उल्लेख गर्नुभयो । नेपालमा २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);