विश्व राजनीतीलाई प्रभाव पार्ने महासक्ति राष्ट्र अमेरीकामा भएको घटना यति खेर विश्वभर चर्चित छ । संसारलाई प्रजातन्त्रको मुल मन्त्र दिएर नथाक्ने र आफनो देशको बाहेक अन्यत्रको व्यवस्थामा गम्भिर प्रकारको प्रजातान्त्रिक त्रुटि देख्ने अमेरिकामा यतिबेला भएको संवेदनशिल घटनाले अरुको देशको बारेमा चासो राख्दा राख्दै आफनो आन्तरिक व्यवस्थापन तर्फ उसको ध्यान रहेनछ भन्ने स्पस्ट देखिएको छ ।
त्यसोत अमेरिकी प्रजातन्त्रलाई धनिमानिहरुको प्रजातन्त्र मानिन्छ । जति सुकै प्रजातान्त्रिक कुरा गरेपनि दुई पार्टिमा जन्मीएका पारम्पारीक धनाढ्यहरुको बाहुवल बाट पालैपालो सत्तासिन हुन जाने दुई पार्टि लक्षित प्रजातन्त्रले वास्तविक जनताहरुलाई भने प्रजातन्त्रको सपना मात्र देखाएको आकलन गर्ने दोस्रो विश्वका शक्ति राष्ट्रहरुको भनाई छ । विश्वको तेस्रो अल्पविकसित देशको लागि स्वर्णिम सपनाको दुनियामा जिएको अमेरिका वास्तवमा कति भित्र भित्र खोको्र छ भन्ने कुरा वेला वेलामा देखिने आतंकित प्रभावले स्पस्ट गर्दछ ।
यस पटकको राष्ट्रपतिय चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड्र ट्रम्पले चुनाव हारे । जो वाईडेनले चुनाव जिते , स्वभाविक प्रक्रिया थियो । तर हार्ने पक्षले हारलाई स्वीकार गर्न सकेन् । हुदाहुदै राष्ट्रपतिको निर्वाचन परिणाम प्रमाणित गर्न वसेको संसदमै आतन्कित घटना घट्न पुग्यो । केहि मरे केहि घाईते भए । यो घटनालाई विश्व जगतले निन्दा गर्यो । सामान्य देशमा भईदिएको भए यति ठुलो चर्चा हुने थिएन होला ।
संसारलाई प्रजातन्त्र सिकाउने देश भएकाले पनि चर्चा चुलिएको मान्न सकिन्छ । यस्ले के देखाईरहेको छ भने प्रजातन्त्र संवैधानिक प्रावधान र खुल्ला आकासको नाम मात्र होईन रहेछ । प्रजातन्त्रको निमित बनाइएका संरचना मात्र पनि होईन रहेछ । धेरै जसो यो पात्र र प्रकृतिमा निर्भर गर्दो रहेछ । नेपालमा पनि थुप्रै प्रकारका संवैधानिक संरचनाहरु प्रजातान्त्रिक मुल मर्म भन्दै खडा गरिएकै हुन र प्रत्येक पटक आएको संविधानलाई विश्वको उत्कृष्ट भनिएकै हो ।
तर नेतृत्व गर्ने पंङ्गतिले ले संवैबधानिक मर्म र भावना भन्दापनि आफनो दलिय स्वार्थ, प्रतिपक्षलाई हेरेर गरिने राजनिति अनि आफनो वाहुवलको पुरुषार्थ सम्झने मनोदशाले गर्दा कुनै पनि संवैधानिक प्रावधानले जिवन्तता पाई रहेको छैन । झण्डै ३० वर्षको अवधिमा कुनै पनि संवैधानिक संरचना यो ठिक यो वेठिक भन्ने अवस्था छैन ।यहि समयअवधिका संविधानहरुले जन्माएका वर्तमान नेतृत्वहरुमा विकसति भएको डोनाल्ड ट्रम्प प्रवित्ति कै कारण नेपालले पनि स्थिरता पाउन सकेको छैन् ।
विस्तारै विस्तारै नेपालमा स्पस्ट वोल्न सक्ने, देशको पक्षमा वकालत गर्न सक्ने स्वच्छ छवि भएका व्यक्तित्वहरुको दिन प्रतिदिन खाचो हुदै गएको छ । सवै पात्रहरु दलिय भागवन्डामा विभाजित छन् । सवैको मन मस्तिस्क विभाजित छ । पाउला र खाउला भन्ने प्रवितिले सवैको दिमागमा घर गरेकै छ । यस्तो भएपछि संवैधानिक प्रावधान,संवैधानिक संरचना र जनमतले काम गर्न सक्ने कुरै भएन ।
यहि वस्तुगत सेरोफेरोमा नेपाल भित्र पनि वहस तिव्र छ । व्यवस्था चाहिने हो कि नेता चाहिने हो । नेपाल भित्र ठुलो जनसमुदाय सक्षम नेतृत्वको खोजिमा देखिन्छन् । प्रजातन्त्र भित्रको सक्षम नेतृत्वको परिकल्पना नेपालि जनताको छ । संवैधानिक उल्झनबाट निरन्तर जस्तै अल्झिदै आएको नेपाल राम्रो नेताको नेतृत्वदायी भुमिकाबाट नया भुमिकामा अवतरित हुन पो सक्छ कि? भन्ने सपना नेपालिहरुको छ ।
देशलाई निकास दिनुको सट्टा आफुले लगाएको चस्मााको आधारमा रंगिन देख्नु र रंगिन नै देखाउन खोज्नु संवैधानिक संरचना भित्रका निकायहरुको अहिले सम्मको प्रजातान्त्रीक अभ्यास बन्न गएको यर्थाथता नेपालिहरुमाझ छिपेको छैन । यहि वर्गले नेपाललाई विकासको नारा दियो तर कहिल्यै विकसित हुन भने दिएन । त्यसैले भन्ने गरिन्छ , प्रजातन्त्र जति आवश्यक छ । प्रजातन्त्रलाई नेतृत्व गर्ने वातारण पनि त्यति नै आवश्यक छन् । प्रजातन्त्र आफैमा प्रजातन्त्र हुने गर्दैन पात्र प्रवृत्तिको उत्कृष्ट अभ्यासबाट मात्र प्रजातन्त्र प्रजातन्त्र बन्न सक्छ । धनि देश भएर पनि हदो रहेनछ, प्रजातन्त्रको इतिहास हेरेर पनि हुँदो रहनेछ ।