अदालतले असली चार्ली च्याप्लिन चिन्छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०७९, शुक्रबार

अदालतले असली चार्ली च्याप्लिन चिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, १८ पुष । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अदालतले असली चार्ली च्याप्लिन चिन्ने बताउनुभएको छ ।

शनिबार नेकपा काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको बृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अदालतले सही र गलत छुट्टयाउने भनाई प्रधानमन्त्री ओलीले राख्नुभएको हो ।

‘अदालतले जुँगा हेरेर चिन्छ । कुम हल्लाएकोबाटै को हो भन्ने चिन्छ। जेल लगाएको कपाल हेरेर चिन्छ । चार्ली च्याप्लिनजस्तो नचिन्ने होइन । सूर्य चिह्न हामीसँग हुन्छ । पार्टी हाम्रो हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

यस्तै पछिल्लो समय दाहाल–नेपाल पक्षले पार्टीमा बहुमत दावी गरेको विषयलाई प्रधानमन्त्री ओलीले खण्डन गर्नुभएको छ । सो पक्षसँग बहुमत रहेको महाधिवेशनबाट पुष्टि नभएको प्रधानमन्त्री ओलीको तर्क छ ।

Leave a Reply