काठमाडौं, १७ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय २६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या२ लाख ६१ हजार ०१९ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जना संक्रमित फेला परेका छन् ।जस्मा ७२ महिला र ९५ पुरुष छन् ।