बागमती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिस | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

बागमती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिस

काठमाडौं, १७ पुष। नेकपाको विवादको बाछिटाले रन्किएको बागमती प्रदेशको प्रदेशसभा माघ ७ गते बोलाउने गरी सिफारिस भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको सातौँ बैठक बोलाउन प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।यसअघि मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भैसकेको छ । नेकपाको दाहाल–नेपाल पक्षका प्रदेश सांसदले सो प्रस्ताव दर्ता गराएका हुन् ।

सो पक्षले प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्तावित गरेको छ । नेकपाको केन्द्रमा भएको विवाद बढेसँगै प्रदेशहरुमा समेत विवाद बढेको हो ।


Leave a Reply