काठमाडौं, १७ पुष । राष्ट्रिय सभा बैठक अघि गरिएको कोरोना परीक्षणमा राष्ट्रियसभाका एक सांसदसहित ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबार ४४ जना सांसदको स्वाब परीक्षण गराएकोमा एक जना र ५६ कर्मचारीको परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।
राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । कोरोना संक्रमित सांसद अधिवेशनमा सहभागी नगराइने बताइएको छ ।