महेश दास
बीरगन्ज, पुस १७ । संसद विघटन पछि नेकपा दुइ समुह मा विभाजित भएको छ । केन्द्र सहित प्रदेश एवम् जिल्ला समेत विभाजित हुनपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’र माधवकुमार नेपाल समूहमा विभाजित भए पछि दुबै समूहले प्रादेशिक भेला सम्पन्न गरीसकेको छ ।
ओली समूहले बुधबार बीरगन्जमा र प्रचण्ड-नेपाल समूहले बिहीबार जनकपुरधाममा प्रादेशिक भेला गरेको छ । प्रदेशमा ओली समूहको नेतृत्व स्थाइ कमिटी सदस्य तथा प्रदेश इन्जार्ज सत्य नारायण मण्डल, प्रदेश अध्यक्ष प्रभु साह, सचिव सुबोध फ्याकुरेल, रघुवीर महासेठ लगायतले गरीरहेका छन् ।
अर्को तिर प्रचण्ड-माधव समूहको नेतृत्व स्थाइ कमिटी सदस्यहरु गिरीराज मणी पोखरेल, मातृका यादव, रामचन्द्र झा पुर्वमन्त्री महेन्द्र पासवान प्रदेश सह इन्जार्ज नागेन्द्र चौधरी लगायतले गरी रहेका छन्।
प्रादेशिक भेला पछि जिल्ला भेला दुबै समूहले सुरु गरी सकेका छन् । प्रचण्ड माधव समुह ले प्रदेश स्तर मा र जिल्ला स्तर मा आन्दोलनझन सशक्त बनाउन आन्दोलन परिचालन समितिको समेत निर्माण गरी आन्दोलित भएका छन् । यता ओली समूह प्रतिनिधि सभा विघटन र सरकारलाई काम गर्न नदिएको भन्दै चुनावको तयारी गर्न रणनिती बनाइ संगठन बिस्तार गरी जनता माझ पुग्ने तयारी गरेको देखीन्छन ।
प्रदेश २ मा नेकपा तर्फबाट प्रदेशसभा सदस्य ३२ जना मध्ये २० जना, नेकपाका ४ जना स्थायी समिति सदस्य मध्ये ३ र ६८ जना केन्द्रीयसदस्य मध्ये ४५ जना प्रचण्ड–नेपाल समूह पक्षमा देखिएका छन् । प्रदेश इन्जार्ज सत्य नारायण मण्डल र प्रदेश अध्यक्ष प्रभु साह ओली समूहमा छन् ।
प्रदेश नं २ का आठ जिल्ला मध्ये ६ जिल्लाको अध्यक्ष प्रचण्ड-नेपाल समूहमा एवम् २ जिल्ला का अध्यक्ष ओली समूहमा छन् । यसै गरी महोत्तरी बाहेक ७ जिल्लाका सचिव प्रचण्ड माधव समूह तिर रहेका छन् । अध्यक्ष र सचिव गरी १६ पदाधिकारीमध्ये ओली समूहतर्फ तीनजना मात्रै छन् । यो प्रदेशका पाँच जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ ।
सप्तरीको अध्यक्ष अशोक मण्डल, सिरहा कोअध्यक्ष राज कुमार यादव, महोत्तरीको अध्यक्ष राजु खडका, सर्लाहीको अध्यक्ष रेवती पन्त, रौतहट को अध्यक्ष कमल राय र बाराको अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ अनिल प्रचण्ड र माधव नेपाल समूह मा छन् । यसै गरी धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादव र पर्साकाअध्यक्ष प्रभु हजारा मात्रै ओली समूहमा छन् ।