प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बिघटन गर्ने अधिकार छैन : सभामुख सापकोटा | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बिघटन गर्ने अधिकार छैन : सभामुख सापकोटा

काठमाडौँ ,१६ पुष। सभमुख अग्नि सापकोटाले अहिलेको संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताउनु भएको छ। बिहीबार चारवटा राजनीतिक दल आवद्ध महिला संघठन र निर्वतमान सांसदहरुर्को ध्यानाकर्षण पत्र बुझ्दै यस्तो बताउनु भएको हो।

‘हाम्रो संविधानले यहि परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन, अघि पुस ८ गते वक्तव्य मार्फत मैले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको छु ’ सापकोटाले भन्नुभयो।

उहाँले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसँधै समर्पित रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले आफूले यस सन्दर्भमा राष्टका समग्र पक्षसंग बृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिइरहेको परामर्श गरिरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);